जनताको स्वास्थ्य जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताएका छन् ।
कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले सरकार जनताको स्वास्थ्यका विषयमा निकै गम्भीर भएको बताए ।
मन्त्री ढकालले औषधि खरिद प्रक्रियामा देखिएको अनियमितता रोक्न आफूले पहल गरेको बताए । उनले औषधि खरिद तिन तह मध्ये जुनसुकै सरकारले गरे पनि मूल्यमा फरक नपर्ने गरी खरिद हुने प्रक्रियाको थालनी गरेको बताए ।
मन्त्री ढकालले सरकारी अस्पतालको सेवा सुविधाका विषयमा केही समयसम्म व्यापक गुनासो आउने गरेको भए पनि अहिले गुनासोमा कमी आएको बताए । तर अझै पनि कतिपय सरकारी अस्पतालका चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा निजी क्लिनिकमा मात्र पाइने औषधि सिफारिस गर्ने गरेको सुन्नमा आएकोले त्यस्तो गर्ने चिकित्सकलाई सरकारले कारवाही गर्ने बताए ।
मन्त्री ढकालले कोरोना भाइरसवाट आजका दिनसम्म नेपाल मुक्त रहेको तर सावधानी अपनाएर बस्नुपर्ने बताए ।
स्वास्थ्य महोत्सव २४ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीयले निःशुल्क विशेषज्ञ सेवा प्राप्त गर्ने गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण