बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीका लागि पुनः बाँच्न चाहन्छन् इरफान खानः भन्छन्, ‘उनकै कारण अहिलेसम्म छु’

बुधबार, २१ फागुन २०७६, १३ : ०६
बुधबार, २१ फागुन २०७६

बलिउडमा आफ्नो अभिनयमार्फत् मानिसहरुको मनमा बस्न सफल इरफान खान करिब दुई वर्षदेखि फिल्मी क्षेत्रबाट टाढा छन् । इरफान खान हाई ग्रेड न्यूरोएन्डोक्राइन क्यान्सरबाट जुधिरहेका छन् । न्यूयोर्कमा धेरै समयको उपचारपछि सन् २०१९ मा इरफान भारत फर्किए र उनको बहुप्रतिक्षित फिल्म ‘अंग्रेजी मिडियम’ को सुटिङ सुरु गरे । फिल्म यो महिना २० मार्चमा रिलिज हुँदैछ । हालै इरफानले एक अन्तर्वार्ता दिए जसमा उनले आफ्नो रोग र नीजि जीवनबारे पनि कुरा गरे ।

इरफनले हालै मुम्बई मिररलाई दिएको अन्तरवार्तामा क्यान्सर उपचारको यात्रालाई रोलर–कोस्टर राइडजस्तो बताउँदै यसमा आफू थोरै रोएको र धेरै हाँसेको बताए । उनले भने, ‘त्यतिबेला म भयंकर उकुसमुकुसबाट गुज्रिएँ, तर कतै न कतै मैले त्यसलाई नियन्त्रण गरेँ ।’

उनले थपे, ‘यो समयमा म आफ्नाका लागि बाँचे । यसमा सबैभन्दा राम्रो कुरा के हो भने मैले छोराहरुसँग धेरै समय बिताएँ । उनीहरुलाई हुर्किरहेको देखेँ । किशोरावस्थाका लागि यो निकै महत्वपूर्ण समय हुन्छ ।’

श्रीमती सुतापा सिकदरबारे कुरा गर्दै उनले भने, ‘म सुतापाबारे के भनूँ ? उनी मेरा लागि सातै दिन २४ सै घण्टा उपलब्ध भइन् । मेरो हेरविचार गरिन् र उनका कारण मलाई अत्यधिक सजिलो भयो । म अहिलेसम्म यहाँ छु, यसको ठूलो कारण उनी हुन् र यदि मैले बाँच्ने मौका पाएँ भने म उनको लागि बाँच्न चाहन्छु ।’

फिल्म अंग्रेजी मिडियममा इरफान खान एकपटक पुनः दिपक डाबेरियालसँग देखिनेछन् । दीपक र इरफानको जोडीलाई हिन्दी मिडियममा निकै रुचाइएको थियो । इरफान अहिले पनि आफ्नो रोगसँग लडिरहेका छन् उनी यो फिल्मको प्रामोशनका लागि उपलब्ध छैनन् ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप