प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षाको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले जनाएको छ । समीक्षा प्रधानमन्त्री ओलीको ‘भान्जी’ भएको बताइएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले समीक्षाको अवस्था सामान्य रहेको बताए ।
त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक सफल मृगौला प्रत्यारोपण गरिएको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको कार्यकारी निर्देशक खड्गाले बताए ।
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
त्यसैगरी मृगौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिब्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो ।
कार्यकारी निर्देशक डा. खड्काका अनुसार एनेस्थिेसिया तथा क्रिटिकल केयर तर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण