सरकारले औषधि नरोक्न भारतलाई पत्राचार गर्ने
भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ ।
भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने भएकाले निर्यात नरोक्न पत्राचार गर्ने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले सो निर्णय गरेकोे सञ्चार मन्त्रालयको समेत जिम्मेवारी लिएका अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
उनले हाल नेपालमा कुनै पनि औषधि र कच्चा पदार्थको अभाव नरहे पनि आगामी दिनमा अभाव हुन नदिन नेपालको हकमा निर्यात खोली सहज आपूर्ति गरिदिन भारतलाई आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरिएको बताए । खतिवडाले बजारमा अभाव देखिएको मास्क उत्पादन र आपूर्ति बढाउन निजीक्षेत्रसँग सहकार्य भइरहेको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण