सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा कोरोना संक्रमणको आशंकामा १ जना अस्पताल भर्ना

बिहीबार, २९ फागुन २०७६, १९ : २१
बिहीबार, २९ फागुन २०७६

बुटवल । बुटवलमा कोरोना संक्रमण भएको आशंकामा १ जनालाई अस्पतालमा भर्ना गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवकलाई अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई बताए ।

डा.थापाकाअनुसार ती युवकमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षणहरु देखिएका छन् । ‘कडा किसिमको निमोनिया देखिएको छ, कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् ।’ उनले  कोरोना नै होकि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी रहेको बताए । नमूना परीक्षणका लागि उनको रिपोर्ट काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए । 

उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा.थापाले बताए । प्रदेशका अन्य अस्पतालमा पनि यस्ता वार्डहरु बनाइएको छ ।  ५ नम्बर प्रदेशमा समाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा कोराना भाईरस संक्रमणको जोखिम न्युनीकरण व्यवस्थापन  निर्देशन समिति गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप