बुटवलमा कोरोना संक्रमणको आशंकामा १ जना अस्पताल भर्ना
बुटवल । बुटवलमा कोरोना संक्रमण भएको आशंकामा १ जनालाई अस्पतालमा भर्ना गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवकलाई अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई बताए ।
डा.थापाकाअनुसार ती युवकमा कोरोना भाइरसको संक्रमणमा देखिने लक्षणहरु देखिएका छन् । ‘कडा किसिमको निमोनिया देखिएको छ, कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् ।’ उनले कोरोना नै होकि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी रहेको बताए । नमूना परीक्षणका लागि उनको रिपोर्ट काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।
उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि २ वटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको डा.थापाले बताए । प्रदेशका अन्य अस्पतालमा पनि यस्ता वार्डहरु बनाइएको छ । ५ नम्बर प्रदेशमा समाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा कोराना भाईरस संक्रमणको जोखिम न्युनीकरण व्यवस्थापन निर्देशन समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण