ला लिगाका खेल स्थगित, रियलका खेलाडी क्वारेन्टाइनमा
बिहीबार, २९ फागुन २०७६, २१ : ४६
एजेन्सी । कोरोना भाइरसका कारण स्पेनिस ला लिगा फुटबलका खेलहरु स्थगित भएका छन् । स्पेनिस फुटबल संघले कोरोनाको सन्त्रासका कारण ला लिगाका दुई चरणको खेल तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।
ला लिगाको खेल स्थगित भएसँगै रियल म्याड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा पठाईएको छ । रियलका बास्केटबल खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि फुटबल खेलाडीलाई समेत क्वारेन्टाइनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
बास्केटबल खेलाडी र फुटबल खेलाडीले ट्रेनिङ सामग्री एउटै प्रयोग गर्दै आएकाले फुटबल खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको हो । रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल अन्तर्गत रियल र इङ्लिस क्लब म्यानचेस्टर सिटीबीच मंगलबार हुने दोस्रो लेग समेत रोकिने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण