पैसाबाट कोरोना सर्ने सम्भावना बढी
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।
पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।
यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरूले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।
पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै– भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैङ्कबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । अध्ययन अनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।
विभिन्न किसिमका प्राणघातक सरुवा रोगको ब्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा अशोक घिमिरेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
-
युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी हुँदा नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित
-
राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिकाे ध्यानाकर्षण
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण