तीन दिनसम्म अन्धकार बन्दै कालीकोट

कालिकोट । जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ । पटक–पटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नु परेको छ । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको उक्त आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६०० सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लघुजलविद्युत् आयोजनाको क्षमता ५०० किलोवाट रहे तापनि हाल मेशिनमा देखिएको खराबीका कारण १८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताए । ‘प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको हो’ उनले भने, ‘बत्ती नहुँदा जिल्लास्थित उद्योगी, व्यापारी, सञ्चारमाध्यमलगायत विद्युतीय उपकरणमा ठूलो समस्या देखिने गरेको छ ।’
बत्ती आउने–जाने कारणले विद्युतीय उपकरणहरू पड्किने बिग्रनेलगायत थुप्रै समस्याले सेवाग्राही हैरान भएका छन् । विद्युत् लाइन आउने निश्चित समय तालिका लागू गर्नुपर्ने यहाँका नागरिकको गुनासो छ । प्रदेशसभा सदस्य कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाइन नआएसम्म कालीकोटका नागरिकले सोचेबमोजिम विद्युततीय पावर प्रयोग गर्न नसक्ने बताए । राष्ट्रिय प्रसारण लाइनका लागि लाइन तान्ने काम लगभग सकिनै लागेको र अबको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालीकोटवासीले बाल्न पाउने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?