प्रदेश ५ को नाम ‘थरुहट–अवध–मगरात’ राख्न माग
बुटवल । समाजवादी पार्टीले प्रदेश ५ को नाम ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको छ । पार्टीले आज पत्रकार सम्मेलन गरी प्रदेश ५ थारु, मधेशी र मगरहरुको बाहूल्य भएको प्रदेश भएकाले सबैलाई अपनत्व र पहिचान हुने गरी ‘थरुहट–अवध–मगरात’ राख्न माग गरेको हो ।
प्रदेश ५ को कूल जनसंख्यामध्ये थारु, मधेशी र मगरको जनसंख्या ८० प्रतिशत भन्दा बढी रहेको बताइएको छ । सोही कारण उनीहरुको पहिचान र अपनत्वका लागि ‘थरुहट–अवध–मगरात’ राख्न उपयुक्त हुने पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले बताए । पार्टीले नामको बारेमा स्पष्ट भए स्थायी राजधानी प्रदेशका सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थानमा राख्न माग गरेको छ । सबै जिल्लाका नागरिकलाई पायक पर्ने स्थान कहाँ भन्ने बारे भने सो पार्टी मौन रहेको छ ।

यसैबीच पार्टीले प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धमा मुख्यमन्त्री शंकर पोखरेललाई एक ज्ञापनपत्र समेत बुझाएको छ ।
यस्तै पार्टीले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका सबै नाकामा क्वारेन्टाइनको व्यवस्था गर्न, हालै परेको असिना पानीले अन्नबाली र तरकारीमा पारेको क्षतिको क्षतिपूर्ति दिन, कृषि अनुदान पहुँचवालालाई भन्दा वास्तविक किसानले पाउने गरी कार्यदल बनाएर मात्र वितरण गर्न माग गरेको छ । पार्टीले जनयुद्ध,मधेश तथा थरुहट आन्दोलनका क्रममा घाइते, अपांगहरुको निःशुल्क उपचार गर्न र झुटा मुद्दा खारेज गर्न समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण