जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित
जाजरकोट - जाजरकोट जिल्लामा पोषण संवेदनशील कार्यक्रमका लागि रु ९२ लाख रकम विनियोजन गरिएको छ ।
आव २०७३–७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्नका लागि जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख, जिल्ला शिक्षा कार्यालयमा रु १४ लाख, खानेपानी तथा सरसफाइ कार्यालयमा रु १४ लाख, महिला तथा बालबालिका कार्यालयमा रु १४ लाख, जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख र जिल्ला समन्वय समितिमा रु १३ लाख रकम गरी जम्मा रु ९१ लाख रकम विनियोजित गरिएको छ । जसमध्ये ५० प्रतिशत रकम यी सम्बन्धित कार्यालयमा भुक्तानी गरिसकेको पण्डितले बताए ।
सुनौला हजार दिनका महिला तथा बालबालिका र किशोर,किशोरीको पोषण अवस्थामा सुधार ल्याउनका लागि पोषण संवेदनशील कार्यक्रम लागू गरिएको बहुक्षेत्रीय पोषण योजना जाजरकोटका कार्यक्रम संयोजक गगनसिंह ठगुन्नाले बताए ।
मानव पुँजी र समग्र सामाजिक आर्थिक विकासमा कुपोषणलाई अवरोधका रुपमा नरहने अवस्था सुनिश्चित गर्नका लागि उल्लेखनीय रुपमा दीर्घरोग कुपोषण, पुड्कोपना, कमतौल र ख्याउटेपन जाजरकोटबाटै न्यूनीकरण गर्न यो कार्यक्रमको लक्ष्य रहेको छ ।
त्यस्तै यो कार्यक्रम पोषण, स्वास्थ्य, कृषि र यातायातबाट वञ्चित रहेका (साविक) का नायकवाडा, रामीडाँडा, रोकायगाउँ, दह, कोर्ताङ र गर्खाकोट गरी जम्मा छ वटा गाविसमा लागु गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण