कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण
सुर्खेत । नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ । अन्य क्षेत्रमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ ।
अहिलेसम्म हेल्थ डेस्कमा ४२ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयका सूचना अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार परीक्षण भएकामध्ये ८० मा १००।४ डिग्री ज्वरो आएको पाइएको छ । ज्वरो देखिएकालाई घरमा सर्तक भएर बस्न आग्रह गरिएको उनले बताए । उनीहरुलाई मौसमी रुघाखोकी र ज्वरोबाहेक अन्य समस्या नदेखिएको उनले बताए ।
भट्टराईका अनुसार सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकार र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापनाको कामलाई तीव्रता दिइएको हो । त्यसैगरी सङ्क्रमणबाट जोगिन प्रचारप्रसारका कामलाई पनि तीव्रता दिइएको छ ।
प्रदेश सरकारले सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई, पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । यसैगरी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले पनि हेल्थ डेस्क स्थापना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण