देशभरका विमानस्थल सरसफाईमा केमिकल अभाव
काठमाडौं । देशभरका विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैरआवासीय नेपाली संघले गरेको सरसफाई निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाईका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको हो ।
सरसफाई अभियन्ता खेमराज शर्माले सीसा र भुई सफा गर्ने छु्टटै केमिकल हरेक विमास्थलहरुमा हुनुपर्ने भएपनि त्यो नभएको पाइएको बताए । सरसफाई मजदुरहरुको ड्रेस कोड नभएको र उनीहरुको स्वास्थ्य तथा सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उनले बताए । सरसफाई मजदुरका लागि आवश्यक पर्ने मास्क, चस्मा, पञ्जा लगायतका सामग्रीहरु अभाव देखिएको उनले बताए ।
सरसफाई रिपोर्ट प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री योगश भट्टराईले अध्ययन प्रतिवेदनबाट आएका सुझावहरुलाई छ्टिटै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् । पहिलो एक महिनामा सुझावअनुसार नागरिक उड्डयन प्राधिकरण मार्फत विमानस्थलाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भएको नभएको विषयमा जानकारी लिने उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाईको अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको थियो । अध्ययनका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि विमानस्थलमा सरसफाई नभएको पाइएकोले सरकारले आवश्यक नीति बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण