शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

विद्यालयबाट फर्किदा बालकको हत्या

शुक्रबार, ०७ चैत २०७६, १९ : २८
शुक्रबार, ०७ चैत २०७६

बुटवल । रुपन्देहीको ओमसतिया ५ मा गत मंगलबारदेखि हराएका बालक मृत फेला परेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ५ सपहीका ज्वाला हरिजनका १० वर्षीय छोरा आकाश आज घर नजिकै खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको ढुङ्गा र इँटा प्रहार गरेर हत्या भएको आशंकामा १ जना स्थानीय युवकलाई नियन्त्रणमा लिएको हो । १० वर्षीय आकाश गत मंगलबार बिद्यालयबाट घर फर्किने क्रममा हराएका थिए । छोरा हराएपछि बाबुले प्रहरीमा खोजतलासका लागि ५ गते निवेदन समेत दिएका थिए ।

खोजतलासकै क्रममा आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।प्रहरीले अनुसन्धानकै क्रममा स्थानीय १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको पनि प्रहरीले जानकारी गराएको छ । उनले बयानका क्रममा आफुले हत्या गरेको प्रहरी समक्ष बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप