बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संविधानमा ‘हिन्दु अधिराज्य र बुद्धको जन्मभूमि’ लेख्न माग

बुधबार, १४ भदौ २०७४, १४ : ३७
बुधबार, १४ भदौ २०७४

काठमाडौं । राष्ट्रिय शिवसेना पार्टीले नेपाललाई वैद्धिक सनातन हिन्दु अधिराज्य घोषणा गर्न सरकारसँग माग गरेको छ । 

काठमाडौमा बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय शिवसेना पार्टीले यस्तो माग गरेको हो ।  पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले नेपाललाई बैद्धिक सनातन हिन्दु अधिराज्य,वुद्धको जन्मभूमि भनेर संविधानमै अपरिवर्तन धारमा लेख्नको लागि सरकारलाई आग्रह गरेका छन् । 

अध्यक्ष बमले भने, ‘संवैधानिक राजसंस्थालाई केन्द्र र प्रदेशको निर्वाचन पूर्व नै निरन्तरता दिई मुलुकको विषम परिस्थितिको राजनीतिलाई निकास दिनुपर्छ, यदि यसो भएन भने, हाम्रो मुलुक नरहने पक्का छ, सोमालिया, अफगानिस्तान हुनसक्छ, यो देश विभाजन, विखण्डन र विघटन हुनसक्छ, यसो हुन नदिनको लागि हामी निरन्तर आन्दोलनमा छौँ ।’

संयोजक सिद्धार्थ अधिकारीले यही भदौ २८ गते मागसहित भष्ट्रचारका विरुद्धमा अख्तियार घेर्ने कार्यक्रम राखेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप