भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने बताएकाे छ । यस विषयमा विदेश विभागको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उपसहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताएका हुन् । उनले तोकिएका सर्तहरु भने मान्नुपर्ने चेतावनी दिएका छन् ।
मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिर आएपछि आज सम्म स्वदेश नफर्केको जनाइएको छ । यसैबिच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्वपूर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किँदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पारेका छन् ।
गत जुन –२४ मा आएको विनाशकारी दोहोरो भूकम्प पछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उनको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ ।
अमेरिकी सरकारले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मचाडोलाई फर्कन अनुमतिको लागि सहजिकरण गर्न खोजेको हो भन्ने प्रश्नमा मेन्डेजले अधिकारीहरूसँग आवाश्यक समन्यव समेत गरेको जनाएका छन् ।
गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरे देखि सत्तामा रहेका छरोड्रिगेजले सरकारले अर्को महिना देखि विपक्षी दलका सदस्यहरूसँग भेट्ने योजना बनाएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
-
खाना खाएको कति समयपछि चिया पिउने ?
-
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण