कालोबजारीको आरोपमा ४ जना औषधी व्यवसायी पक्राउ
जनकपुर – कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कालोबजारीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरस संक्रमणविरुद्ध अति आवश्यक मानिने मास्क उपभोक्तासँग तोकिएको भन्दा बढी मूल्यमा बिक्री गरिरहेको अवस्थामा ती अभियूक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अनगुमनको क्रममा जनकपुरधाम वडा नम्बर ४ स्थित सुस्मिता मेडिकल हलबाट सर्लाही बरहथवा वडा नम्बर ८ बस्ने संयज साह, जनकपुरधाम वडा नम्बर ८ स्थित भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषा लक्ष्मिनिया वडा नम्बर ३ बस्ने अनिल यादव र जलेश्वर वडा नम्बर ६ बस्ने प्रभन्स चौधरी र जनकपुरधाम वडा नम्बर ४ स्थित सम्पूर्ण मेडिकलबाट स्थानीय संजय साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
मास्क कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिरहेको अवस्थामा ति ४ जना विरुद्ध कालोबजार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
कोरोना संक्रमणको त्रास फैलिए देखि जनकपुरधाममा मास्क र सेनिटाइजरको व्यापक अभाव भएको छ ।
२ दर्जनभन्दा बढी थुनुवाको स्वास्थ्य परिक्षण
यता “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा थुनुवाको स्वास्थ्य परिक्षण गरिएको छ ।

कोरोना भाइरस संक्रमणको त्रासको बेला जिप्रका धनुषाले जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर साप्ताहिक कार्यक्रम’ अन्तर्गत हिरासतमा रहेका दुई दर्जन पुरुष र ३ जना महिला गरी २७ जना थुनुवाहरुको स्वास्थ परीक्षण तथा सामान्य औषधी उपचार गरिएको जिप्रका धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण