रसुवागढी-केरुङ अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति
काठमाडौँ । नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका बुधबारदेखि अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति गरिएको छ । अन्तर्राष्ट्रिय नाकाको रुपमा रुपान्तरण भए पश्चात अब रसुवागढी(केरुङ नाकाबाट नेपाली र चीनियाँ नागरिकका साथसाथै तेश्रो मुलुकका नागरिकहरु समेत आवतजावत गर्न सक्ने भएका छन् ।
नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका बि. सं. २०७१ मंसिर १५ देखि द्विपक्षीय नाकाको रुपमा संचालन हुँदै आएको थियो । उक्त नाकाबाट नेपाली र चीनियाँ नागरिकहरु वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवत जावत गर्न सक्ने अवस्था थियो ।
यस नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सन् २०१७ को जुन महिनामा नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबीच कूटनीतिक पत्र आदान प्रदान भएको थियो ।
उक्त नाका अन्तर्राष्ट्रिय नाकाको रुपमा संचालन भएको घोषणासहित पत्रकारहरुलाई जानकारी गराउन चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीको उपस्थितिमा ल्हासामा एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
उक्त पत्रकार सम्मेलनमा तिब्बत सरकारका तर्फबाट बोल्दै तिब्बत सरकारका सहायक अध्यक्ष लुओ मेइले ल्हासास्थित रसुवागढी-केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गर्न पाउँदा खुसी लागेको बताइन् । साथै, उनले चीनतर्फ उक्त नाकाको भौतिक पुर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको र यो नाकालाई अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गरेबाट दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिबृद्धि हुने तथा यसबाट चीनको वान बेल्ट वान रोड कार्यान्वयनमा समेत सहयोग पुग्ने बताइन् ।
उक्त पत्रकार सम्मेलनमा ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले मन्तव्य राख्दै रसुवागढी(केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाइएबाट दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने कुरा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण