गजल
बुधबार, १२ चैत २०७६, १६ : १८
देख्दै छु, काल नजिक आउँदै छ
ठूलै भड्खाल नजिक आउँदै छ
दुस्मनहरुले घेरिएको छ यताउति
फालिएको जाल नजिक आउँदै छ
को आफ्नो को पराई कसरी चिन्नु ?
मन्द विषको चाल नजिक आउँदै छ
जति कुदे पनि भेटाइहाल्छन तलाई
सुनामीको छाल नजिक आउँदै छ
भागेर कहाँ जान्छस् त ,ए ! जिन्दगी
भासिँदै पाताल नजिक आउँदै छ ।।
शम्भु पुडासैनी
हाल-दक्षिण कोरिया ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण