आकस्मिक सेवा नरोक्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई आकस्मिक सेवा दिई बिरामीको उपचार गर्न निर्देशन दिए ।
कोरोना भाइरसको शङ्कामा अस्पतालले बिरामी फर्काइरहेको बेला यस्तो निर्देशन दिइएको हो ।
उनले अस्पतालमा उच्च ज्वरोका बिरामी जाँदा उपचार नगरेर मृत्यु भएको भन्ने समाचार बाहिर आएकाले ज्वरो लगायतका समस्या लिएर आउने बिरामीलाई उपचार गर्न निर्देशन दिए । डा. कार्कीले अस्पतालले ज्वरोका बिरामीलाई कोरोनाको आशङ्कामा उपचार नगरेको भन्ने खबर आएको छ । आशङ्काको भरमा बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट पीडित बिरामीको मृत्यु हुने सम्भावना हुन्छ भने । उनले अस्पताललाई चाहिने आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छौँ, त्यसैले ज्वरोको बिरामीको स्वास्थ्य परीक्षण नगरी मर्ने स्थितिमा नपु¥याउनुहोस् भने । गोरखापत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण