कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रहार गरेको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको सैन्य विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो ।
विज्ञप्तिअनुसार कुवेतको अल–अदिरी शिविरस्थित गोलाबारुद भण्डारण केन्द्र, अली अल–सलेम सैन्य आधारका मुख्यालय भवन, गोलाबारुद डिपो तथा सञ्चार पूर्वाधारलाई निशाना बनाइएको दाबी गरिएको छ ।
त्यसैगरी, जोर्डनको अल–अज्राक सैन्य आधारमा रहेका इन्धन भण्डारण ट्याङ्कीहरूलाई पनि आक्रमण गरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
यसैबीच, कुवेती सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण लक्ष्यहरूलाई अवरोध गर्ने क्रममा विस्फोटका आवाज सुनिएको जनाएको छ ।
बहराइनको गृह मन्त्रालयले पनि शनिबार हवाई आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको पुष्टि गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको प्रमुख पाँचौँ बेडा तैनाथ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण