कूटनीतिक परिवारलाई किन फर्काउँदै छन् पश्चिमा राष्ट्र ?
पश्चिमा राष्ट्रहरूले काठमाडौंस्थित आफ्ना कूटनीतिज्ञका आश्रित परिवारलाई फिर्ता बोलाएका छन्। नेपालमा कोरोना संक्रमणको त्रास बढेसँगै आश्रित परिवारलाई सरकारले टिकट खर्च उपलब्ध गराएर स्वैच्छिक रूपमा फिर्ता बोलाएका हुन्।
नेपालमा संक्रमित भए उपचार गर्ने अस्पतालको कठिनाइलाई ध्यानमा राखेर आफ्ना नागरिक फिर्ता गर्ने क्रममा कूटनीतिक आश्रित परिवारलाई पनि बोलाइएको हो। सरकारलाई सीधा रूपमा केही नभने पनि उनीहरूले सरकारको तयारी र यहाँको स्वास्थ्य क्षेत्रमा सरकारी अवस्था अध्ययन गरेर यस्तो निर्णय लिएको परराष्ट्र अधिकारीले जानकारी दिए।
‘जान खोज्नेलाई नजानू भन्न मिलेन। हाम्रो तयारी र अवस्था देखेरै फिर्ता बोलाएका हुन्। हुन त यहाँ संक्रमण बढ्दो छैन तर बढे के गर्ने भन्ने सोच राखेर फर्काएको देखिन्छ,’ ती परराष्ट्र अधिकारीले भने, ‘समिति बनेको यत्तिका समय भए पनि काममा भएको ढिलासुस्ती देखेर कूटनीतिज्ञहरू दिग्दारी पोखिरहेका छन्। हाम्रा मन्त्रीज्यूहरू गफ दिइरहेका छन्। यतिबेला गफ होइन, कार्य खोजिरहेका हुन्छन्, विदेशी या आफ्नै नागरिक किन नहुन्।’
हुन त उनीहरूको मुलुकमा पनि आफ्ना नागरिकको कोरोना संक्रमणले मृत्यु भइरहेको छ। त्यो संख्या बढ्दो छ। स्थिति झन् भयावह छ। तैपनि, परिवार फर्किएका छन्। किन ? भन्ने प्रश्न उठिरहेका छन्। त्यहाँ स्वास्थ्य क्षेत्रमा राम्रो तयारी गरेका हुनाले पनि यस्तो सुविधा उपलब्ध हुन सक्ने परराष्ट्र अधिकारीले बताए। नेपालले अन्य मुलुकमा फैलिएको संक्रमणबाट पाठ सिकेर तयारी राम्रो गर्न सक्ने भए पनि नगरेकोमा कूटनीतिज्ञहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण