मे महिनासम्म अहिलेकै अवस्था लम्बिरहे विश्वका सबैजसो विमान कम्पनी टाट पल्टिने खतरा
कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन्। धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन्। विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौधौ छ।
विश्वको एकचौथाइ जनसंख्या यति बेला लकडाउनमा छ। कोरोना महामारी साम्य भएर आममानिस विश्वस्त भई यात्रा गर्न अझै धेरै समय लाग्ने देखिन्छ। महामारीसँग जुझिरहेका मुलुकले बाह्य उडान मात्र होइन, आन्तरिकसमेत ठप्प बनाएका छन्।
एयरलाइन्सहरूले सन् २०२० को जनवरीयता मात्रै २५२ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको नयाँ प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आएटा)ले सार्वजनिक गरेको छ। आएटाले एयरलाइन्स कम्पनीको पुनःस्थापनामा लामो समय लाग्ने उल्लेख गरेको छ।
आएटाका अनुसार मे महिनासम्म अहिलेकै अवस्था लम्बिरहेको खण्डमा विश्वका सबैजसो विमान कम्पनी टाट पल्टिनेछन्। अमेरिकी हवाई सेवा कम्पनी अमेरिकन एयरलाइन्सले यसका कर्मचारीको रोजगारी संरक्षणका लागि भन्दै सरकारसँग १२ अर्ब डलर सहायता माग गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण