चीनले नेपालमा रहेका आफ्ना नागरिक लैजादै
बुधबार, १९ चैत २०७६, ०९ : ४३
नेपालमा रहेका चिनियाँ नागरिकलाई लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउँदै छ ।
नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरी आफ्ना नागरिक लिन एयर चाइनाको जहाज आउने भएको हो ।
बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ । सरकारले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण