बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

के तपाईंको कम्प्युटरमा जिमेल र यूट्युब ढिलो खुल्छ ? यस्तो छ कारण

बिहीबार, १५ भदौ २०७४, १७ : ५५
बिहीबार, १५ भदौ २०७४

काठमाडौँ । विगत केही हप्ता देखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आइरहेका छन् । 

यसरी गुगलका एप्लिकेसनहरु ढिला इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले घटना प्रति गम्भीर ध्यानकार्षण भएको बताउँदै स्पष्टिकरण दिएको छ ।
 
संघका अनुसार गुगलले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब  को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको थियो । तर हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आईएसपि कम्पनीहरुसँग अलग भएर  गुगलले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । 

गुगलको यस निर्णयको कारणले यहाँका कम्पनीहरुमा राखिरहेको सरभरलाई विगत केही महिना देखि  गुगल ले स्तरोन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समयमा सरभरहरुको क्षमता अपुग भइरहेको संघको भनाई छ । 

‘इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरोन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेका छन्,’ संघले जनाएको छ ।

संघका अनुसार गुगलले आफनो सरभर स्तरोन्नोति नगरेसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स  जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप