हुम्लाका जनतालाई राहत, तारा एयरले पुर्यायो सिमीकोटमा खाद्यान्न
काठमाडौं– हुम्लाको सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएपछि तारा एयरले विहीबारदेखि खाद्य सामग्री ढुवानी गरिरहेको छ ।
कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएको छ ।
नेपाल खाद्य संस्थानले खाद्यान्न सामग्री ढुवानी गरिदिन अनुरोध गरेपछि सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिई यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले चामल, नुन लगायतका खाद्य सामग्री हिजोबाट ढुवानी गरिरहेको छ । नेपाल खाद्य संस्थानले तोकेअनुरुप खाद्य सामग्री ढुवानी गर्ने तारा एयरले जनाएको छ ।
यसअघि पनि कर्णाली क्षेत्रमा खाद्यान्न संकट न्यूनीकरण गर्न नेपाल खाद्य संस्थान र विश्व खाद्य कार्यक्रमको खाद्य सामग्री ढुवानीमा तारा एयरले सहयोग पु¥याउँदै आएको छ । खाद्यान्नसँगै बिरामी र निर्माण सामग्री समेत ढुवानीमा पनि सहयोग गर्दै आएको छ ।
सडक सञ्जाल नपुगेको क्षेत्रमा स्थानीयबासीले बढी दुःख खेप्नुपर्ने बाध्यतालाई कम गर्न तारा एयरले लुक्ला, जोमसोम, सिमिकोट, रारा, डोल्पा, जुम्ला, फाप्लु, बाजुरा लगायतका दुर्गम क्षेत्रहरुमा नियमित उडान गर्दै आएको छ र तारा एअर यी दुर्गम क्षेत्रहरुमा नियमित रुपले उडान भर्ने नेपालको एकमात्र एयरलाइन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण