खाडी मुलुक कोराना अपडेटः युएईमा शनिबार २४१ जनामा संक्रमण पुष्टि, अरु देशको अवस्था के छ ?
युएईमा आज (शनिवार) २४१ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। यो सँगै युएईमा संक्रमितको संख्या १५०५ पुगेको छ।
आज त्यहाँ थप १ जनाको मृत्यु भएको छ। योसँगै युएईमा मृत्यु हुनेको संख्या १० पुगेको छ।आज थप नयाँ १७ जनासँगै १२५ जनाले स्वास्थ्यलाभ गरेका छन्।
यसैगरि कुवेतमा ६२ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै कूल संक्रमितको संख्या ४७९ जना पुगेको छ। कोरोनाका कारण एक जनाको मृत्यु भएको छ भने ९३ जना निको भएका छन्।
साउदी अरबमा १४० जना नयाँ कोरना भाइरस संक्रमित भेटिएका छन्। योसँगै साउदी अरबमा पनि संक्रमितको संख्या २१७९ जना पुगेको छ। २९ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ४२० जना निको भएर घर फर्केका छन्।
यसैगरि कतारमा १०७० जना कोरोना संक्रमित फेला परेका छन्। ९३ जनाले स्वास्थ्य लाभ गरेका छन, भने ३ जनाको मृत्यु भएको छ।
ओमनमा कोरोना संक्रमणले १ जनाको ज्यान गएको छ। २५ जना नयाँ कोरना भाइरस संक्रमित भेटिएसँगै टोटल कोरोना संक्रमित संख्या २७७ पुगेको छ। ६१ जना संक्रमणबाट निको भएका छन्।
यसैगरि बहराइनमा १६ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। योसँगै बहराइनमा कोरोना संक्रमितको संख्या ६८८ पुगेको छ। संक्रमित मध्ये ३९९ जना निको भएका छन् भने ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण