लक्ष्मी बैंकद्वारा कोभिड–१९ को रोकथाम तथा उपचारका लागि १ करोड बराबरको आर्थिक सहयोग
आइतबार, २३ चैत २०७६, १३ : ०५
काठमाडौं– लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले एक करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
यसमध्ये ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गरिने बैंकले जनाएको छ ।
यस सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्नुका साथै महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने तथा महामारीबाट समग्र अर्थतन्त्रमा पर्ने असरलाई समेत केही हदसम्म न्युनिकरण गर्न मद्यत पुग्ने बैंकको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण