हरियो तरकारीको अभाव
कोहलपुर – लकडाउनका कारण कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको छ । स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन । घरमै खेती गरेकाहरूले भने जेनतेन हरियो तरकारी खान पाइरहेका छन् ।
तरकारी आउँदैन
हुम्ला समाचारदाता राजन रावतले अधिकांश बासिन्दाले तरकारी खान छाडेको समाचार पठाउनुभएको छ । हवाई यातायातबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेको छ भने स्थानीय बजारमा तरकारी नपाउँदा हुम्लावासीले तरकारी खान छोडेका छन् ।
तरकारी हारालुछ
जाजरकोट समाचारदाता सहदेव बस्नेतका अनुसार लकडाउन भएसँगै जाजरकोट बजारमा हरियो तरकारीको अभाव भएको छ । किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाए पनि गाउँघरमै बिक्री गर्ने गरेका छन् ।
काम चलाइँदै छ
जुम्ला समाचारदाता नेत्र शाहीले स्थानीय बासिन्दाले आफ्नै बारीको हरियो तरकारीको उत्पादनमा जोड दिन थालेको रिपोर्टिङ गरेका छन् । डोकोमा तरकारी ल्याउने किसानहरू अहिले मर्कामा परेका छन् । अहिले जौ र गहुँसँगै हुने सुवाले नामक सागबाट काम चलाउने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण