विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने
काठमाडौं। सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ ।
कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो ।
सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ । परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको छ ।
‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ । नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं।’ –मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने ।
कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कूटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको पनि उनले बताए । कोरोना भाइरस विश्वव्यापी महामारी रहेकाले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काएर क्वारेन्टाइनमा राख्न नसकिने पनि मन्त्रालयले जनाएको छ ।
कतिपय नेपालीहरू फर्किन चाहेको भए पनि कोरोना भाइरसको संक्रमण विश्वव्यापी रहेककाले नेपाल फर्किनु मात्र समस्याको समाधान नभएको भन्दै कूटनीतिक नियोगले नेपालीहरूलाई निरन्तर सहजीकरण गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।नेपाल समाचारपत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण