एक प्रतिशत ब्याजदर घटाउन बैंकहरू सहमत
बैंकिङ क्षेत्रमा ब्याजदर कम्तिमा एक प्रतिशतले घटाउन बैंकरहरू सहमत भएका छन् । आगामी जेठ एक गतेदेखि लागू हुने गरी बैंकहरूले ब्याजदर घटाउने सहमति गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले बैंकदर एक प्रतिशतले घटाएपछि बैंकहरूले पनि आधार ब्याजदरमा एक प्रतिशतले घटाउने सहमति गरेका हुन् । आधार ब्याजदर घटाएर ब्याजदर घटेको सूचना भने बुधारबारदेखि नै प्रकाशन गर्ने भएका छन् ।
राष्ट्र बैंकले बैक रेट एक प्रतिशत घटाउँदैमा कर्जाको ब्याजदर घट्ने अवस्था नहुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । कर्जाको ब्याजदर घट्नका लागि आधार ब्याजदर घट्नुपर्ने बताउँदै दाहालले भने, “बैंकहरूले वैशाखमा बेस रेट घटाउने र जेठ एक गतेदेखि कर्जाको ब्याजदर घटाउन थाल्ने भनेर संघले निर्णय गरेको छ ।” संघले सबै बैंकहरूलाई वैशाखमा बेस रेट घटाउन सुझाव दिएको उनले बताए । संघले एक प्रतिशतका दर घटाउने भने पनि बैंकले एक प्रतिशतवाट माथि संस्थाको क्षमताअनुसार घटाउनसक्ने अवस्था रहेको उनले बताए । कारोबार दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण