इतिहासमा आजः बग्दाद अमेरिकी कब्जामा, सद्दामको शालिक ढालियो
आज ९ अप्रिल । सन् २००३ मा अमेरिकी सेनाले ईराकमाथि आक्रमण थालेको तेस्रो सातामै बग्दाद कब्जा गरेको दिन । अमेरिकी सेनाको विजय संकेत गर्न केही व्यक्तिले फिर्दोस स्क्वायरमा रहेको ईराकी राष्ट्रपति सद्दाम हुसैनको प्रतिमा ढालेका थिए ।
बग्दादको अधिकांश भूभाग अमेरिका नेतृत्वको नाटो गठबन्धनको कब्जामा आउदासम्म सद्दाम लुकिसकेका थिए। ‘सद्दाम हुसैनले अब हिट्लर, स्टालिन, लेलिन, चोउसस्कुलगायत असफल क्रुर शासकको ठाउँ लिदैंछन् र इराकी जनता अब आफ्नो स्वतन्त्रताको बाटोमा छन्,’ तत्कालीन अमेरिकी रक्षामन्त्री डोनाल्ड एच रुम्सफेल्डले पेन्टागनमा पत्रकार सम्मेलन गर्दै भनेका थिए ।
डिसेम्बर २००३ मा अमेरिकी सेनाले सद्दामलाई पक्राउ ग¥यो र त्यसको तीन वर्षपछि उनलाई फाँसी दिइयो । तर, डिसेम्बर २०११ अर्थात् युद्ध सुरु भएको ८ वर्षपछि मात्रै अमेरिकी सेनाले ईराक छाड्यो । तर, संकट गहिरिदैं गयो । २०१४ मा इस्लामिक स्टेटविरुद्धको युद्धमा साथ दिन भन्दै फेरि अमेरिकी सेना इराक घुस्यो ।
अन्य घटनाक्रम
सन् १६६९ – मुगल बादशाह औरंगजेबद्वारा सबै हिन्दू विद्यालय तथा मन्दिर ध्वस्त गर्न आदेश ।
सन् १८९३– हिन्दी भाषाका चर्चित साहित्यकार राहुल सांकृत्यायनको जन्म । महापन्डितको उपाधिबाट विभूषित सांकृत्यायनले बौद्ध धर्मबारे गरेको शोध हिन्दी साहित्यमा युगान्तकारी मानिन्छ ।
सन् १९७५ – पिपुल्स रिभोलुसनरी पार्टी आबद्ध भएको भन्दै दक्षिण कोरियामा आठ व्यक्तिलाई फाँसी ।
सन् १९८८– अमेरिकाद्धारा पानामामाथि आर्थिक प्रतिबन्ध ।
सन् २०११ – लोकपाल कानून बनाउनुपर्ने माग भारत सरकारले स्विकारेपछि अन्ना हजारेद्वारा ९५ घण्टा लामो आमरण अनशन समाप्त ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण