अष्ट्रेलियाका शिक्षामन्त्रीले भने, 'अन्तर्राष्ट्रिय विद्यार्थीहरु हाम्रा साथी'
अष्ट्रेलिया । अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग पुर्याउने अभिप्रायले विभिन्न तरिका समावेश गरिएको जनाउँदै अष्ट्रेलियाका शिक्षामन्त्री तथा सांसद डोन टिहानले अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलियाको साथी रहेको बताएका छन्।
शिक्षा मन्त्री टिहानले मिडिया रिलिज सार्बजनिक गर्दै कोरोना भाइरसको प्रभावले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गरिरहेको जनाउदै अस्ट्रेलियामा रहेका सम्पुर्ण अन्तर्राष्ट्रिय विद्यार्थीहरु हाम्रो साथी,हाम्रा सहपाठी, हाम्रा सहकर्मी र हाम्रो समुदायका सदस्य रहेको बताएका हुन् ।
उनले भने, 'अन्तर्राष्ट्रिय विद्यार्थीहरू जो यहाँ १२ महिनाभन्दा बढी समय बिताएका छन् र जसले आफैंलाई आर्थिक कठिनाइको सामना गर्नुपरेको छ ।'
उनीहरूले आफ्नो अष्ट्रेलियाली जीवनयापनमा सहजता ल्याउन केही सेवा पहुँचको लागि सक्षम रहेको उनले बताए ।
जस अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्ता ४० घण्टाभन्दा बढी काम गर्न सक्नेछन् जबकी यस अघि जम्मा २० घन्टा सम्म काम गर्न पाउने ब्यबस्था थियो ।
त्यसै गरि बुढेसकाल नागरिक हेरचाह गर्ने काम गर्ने र नर्सहरूको रूपमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले यी महत्वपूर्ण क्षेत्रहरूलाई सहयोग गर्न कामको दायरा बढाउने निर्णय सरकारले यसअघि नै गरेको थियो ।
उक्त मिडिया रिलिज अनुसार कोरोनाको प्रभाव कम गर्न अष्ट्रेलियान सरकारले विश्वविद्यालयहरू र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसँग काम गरिरहेको समेत बताइएको छ ।
यसमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग पुर्याउने सबै खाले तरिकाहरू पनि समावेश छ।
साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शिक्षा प्रदायकहरूले प्रस्ताव गरे अनुसार मानसिक स्वास्थ्य सम्बन्धित सेवा प्रयोग गर्न पनि प्रोत्साहित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण