बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
कविता

आज पनि पानी परेन !

शनिबार, २९ चैत २०७६, १० : ०१
शनिबार, २९ चैत २०७६

- साकारबाबु सुवेदी

सोचेँ 
यो नै एक मौका हो 
घडा भरिने
घटाले 
सहयात्रा गर्ने कुरा त 
निश्चित छ
मैलो मेघले 
पहिलेनै गोडा उचाली सक्यो
कमी त वाफिएर आउने 
निर्मल जलको छ
आएर पनि
धर्ती भिज्ने द्विविधा कायमै छ।

सोचेँ
आज किन बर्षिन सकेनन् बादलहरू ?
किन होला
निरन्तर तात्तिन सकेनन् सागरहरू ?
थोपाथोपा
टप्प टप्प
संगित रुचाउने 
अनि
आहालकै बेहाल
मनपराउनेहरू का लागि पनि
आजकिन
बहुलाउन सकेनन् आकासहरू?
सोचेँ 
किन सफा देखिदैनन् 
हरिया वृक्षहरू?
किन बाटाहरूमा 
आउँदैनन् माटाका गन्धहरू?
ओरालो बग्दा
सर्पको आकृति देख्नेका लागि
अनि, गहिरोमा जीवन साँचेर
पहिरोमा बिसाउनेका लागि
आज
किनउत्रिन डराउँदैछ 
पहिले घनघोर लाग्ने दृश्यहरू?

सोचेँ 
आज पक्का बर्षात हुन्छ, 
कि धर्ती, कि नयनमा
किन समान व्यवहार 
पानी परेको बेला हुन्थ्यो त 
अनि, न्याय समान चैँ 
अन्तिम घुट्को पिउने समयमा
समान अवसान देखिरहेका 
जीवित आँखाहरुमा
आज झुक्किएर पनि
एकपटक पानी पर्न सकेन
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप