इतिहासमा आज – सगरमाथामा पहिलो उडान, पहिलो विस्तृत अध्ययन
आज १३ अप्रिल । विक्रम सम्वतअनुसार वैशाख १ अर्थात् २०७७ सालको पहिलो दिन । सन् १९३३ मा आजैका दिन पहिलोपटक सगरमाथाको आकाशमा विमानको सफल उडान गरिएको थियो । यो योजना १९१८ मै आरोहण मनोविद् अलेक्स्यान्दर केल्लासले ल्याएका थिए, तर यसका लागि पर्याप्त रकम चाहिने भएकाले तत्कालीनसमय यो सम्भव भएन । त्यसपछि १९३२ मा लर्ड स्क्लाईस्डेल यही योजना लिएर लेडी हस्टनलाई भेट गए, उनले गरेको योजनाबाट लेडी हस्टन प्रभावित भइन् । आकाशबाट विश्वकै सर्वोच्च शिखर चिहाउँदा भारतमा बेलायती शासन थप बलियो हुन्छ भन्ने उनको सोचाई थियो ।
त्यसपछि पानीजहाजमार्फत पाकिस्तानको कराँचीमा प्लेनका पाटपुर्जा ल्याइयो र त्यहाँबाट बिहार हुँदै वेस्टल्यान्ड पिभी–३ बाइप्लेनले सगरमाथाको आकाशमा फन्को मा¥यो । यो उडान २० औं शताब्दीका महत्वाकांक्षी उडानमध्येको एक मानिन्छ । हिमालय क्षेत्रको पहिलो बिस्तृत वैज्ञानिक अध्ययन यही उडानले गरेको थियो ।
उडानका दौरान खिचिएका तस्विरले तेजिन्ङ नेर्गे शेर्पा र एडमण्ड हिलारीलाई सगरमाथाको चुचुरोमा पुग्ने बाटो पत्ता लगाउन ठूलो सहयोग मिलेको थियो । २९ मे १९५३ मा हिलारी र तेन्जिङ नोर्गेले मिलेर सगरमाथाको टुप्पोमा मानव पाइला राखेका थिए ।
१८४९ – हंगेरीमा गणतान्त्रिक व्यवस्था सुरु ।
१८९० – फिल्ममेकर दादासाहब तोरणेको जन्म, उनैले पहिलो भारतीय फिल्म ‘श्रीपुन्डलिक’ निर्माण गरेका थिए ।
१९४१– सोभियत संघ र जापानबीच शान्ति सम्झौता ।
१९६० – अमेरिकाले विश्वको पहिलो परिवहन उपग्रट ‘ट्रान्जिट १ बी’ प्रक्षेपण ग¥यो ।
१९७० – चन्द्रमा यात्राका लागि गएको अमेरिकी अन्तरिक्ष यान एपोलो १३ को इन्धन ट्यांकीमा बिस्फोट ।
१९७५ – लेबनानको राजधानी बेरुतमा १७ प्यालेस्टाइनीको हत्या । एक दक्षिणपन्थी गुट ‘फलेन्जिस्ट’ का बन्दूकधारीहरुले ईसाई बाहुल्य इलाका हुँदै गुज्रिएको एक बसमा बसेका प्यालेस्टाइनीमाथि हमला गरेका थिए । हमलामा महिला र बालबालिकासहित १७ प्यालेस्टाइन मारिए र झन्डै ३० जना घाइते भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण