हिँडेरै रसुवाबाट बुटवल पुगे मजदुरहरु, अझै पुग्नु छ दाङ र सल्यान (तस्बिरहरु)
बुटवल । बागमती प्रदेशको हिमाली जिल्ला हो रसुवा । सोही जिल्लाको एक हाइड्रोपावरमा कार्यरत एक दर्जन हाराहारीका मजदुरहरु पैदल हिँडेरै प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल आइपुगेका छन् । बुटवल मात्रै उनीहरुको अन्तिम गन्तव्य होइन, यहाँबाट पनि दाङ र सल्लानसम्म पुग्नुछ ।
रसुवाको चिलिमे हाईड्रोपावरमा कार्यरत दाङ र सल्यानका मजदूरहरु लकडाउनको कारण समस्यामा परेपछि हिँडेरै बुटवलसम्म आइपुगेका हुन् । 
सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनको प्रत्यक्ष मारमा मजदुरहरु परेका छन् । लकडाउनले काम बन्द भएपछि अन्य मजदूरलाई जस्तै चिमिलेमा कार्यरत ती मजदुरहरुलाई पनि काम गर्दै आएको ठाउँमा बस्न र खानाको समस्या भयो । अनि मुलक लकडाउन (बन्दावन्दी) अवस्था भएपनि राजमार्गमा खुट्टाले वित्ता नाप्दै पैदल हिँड्न बाध्य भए ।
तीन तहको सरकार कोरोनो नियन्त्रणमा होमिएको बेला आफ्नो घर जानको लागि सयौं किलोमिटर यात्रा पैदल गर्ने मजदुरलाई न रोक्नतर्फ ध्यान दिएको छ न सवारी साधनमा पठाउनेतिर नै ध्यान दिएको छ ।
बैशाख १ गते रसुवाबाट हिँडेका ती मजदूरहरु बिहीबार बिहान बुटवल आइपुग्दा धेरैजसोको खुट्टा सुन्निएका थिए भने थकित देखिन्थ्ये। ती मध्यका एक मजदुर तुलाराम महत्राले आफ्नो घर दाङको तुलसीपुर रहेको बताए । उनले रातोपाटीसगँ भने, ‘मेरो दाङको तुल्सीपुर हो, अब तिन दिनमा पुग्छौ होला, तर सल्यानका साथीहरु नि हुनुहुन्छ उहाँहरु कहिले पुग्ने टुंगो छैन ।’

सल्यानको कपुरकोट गाउँपालिका वडा नं ६ की ४३ वर्षीया डिला वलीले आफूले पहिलो पटक यति लामो यात्रा पैदलै गरेको बताइन् । ‘रसुवाबाट हिँड्दै आउँदा खुट्टा सुन्निएका छन् । शरीर दुखेको छ । अझै कतिदिन यस्तै यात्रा हअुने हो थाहा छैन’, आफ्नो सुन्निएका खुट्टा देखाउँदै उनले भनिन् ।

बाटोमा उनीहरुले चाउचाउ र विस्कुट किनेर राखेका थिए । त्यही खाँदै आएका छन् । कसैकसैले हिँड्दै गर्दा पानी र चाउचाउ पनि दिए ।
रसुवाबाट हिडेपछि धादिडको गल्छीमा एक जनाले खाना खुवाएका थिए । त्यसपछि राजमार्गको पैदल यात्रा चाउचाउ र विस्कुट भर भएको उनीहरुले बताए । उनीहरु राजमार्गमा राति पनि हिँडे दिउँसो पनि । धेरै थकाई लागेमा प्रतिक्षालयमा केही घण्टा सुत्ने गरेको बताए ।

हिजो नवलपरासीको दाउन्नेको उकालोका सुतेको महत्राले बताए । उनले भने, ‘हामीलाई रातदिन भन्ने हुँदैन, हिँडेको हिँडैकै गर्ने हो । जहाँ निकै थकाइ लाग्छ त्यहिँ १,२ घण्टा आराम गर्ने हो ।’
यसो त पूर्वपश्चिम राजमार्गमा पर्ने बुटवलमा अहिले पनि बिभिन्न ठउँबाट पदैल नै आउने मजदुरको संख्या धेरै छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालले मजदुरहरुलाई सरकारले जहाँको त्यही खाने बस्ने व्यवस्था गरेर राख्न नसकेको बताए । उनले, ‘उनीहरुलाई राख्न नसेकेमा स्वास्थ्य परीक्षण गरेर गन्तयमा पठाउनेतर्फ सरकारले काम गनुपर्छ, यसरी अलपत्र र दुःख दिनु राज्यको गैरजिम्मेवारीपन हो ।’








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण