बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई शंकास्पद नमुना काठमाडौं पठाइयो
शुक्रबार, ०५ वैशाख २०७७, ०८ : ४८
भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ ।
बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
बुधबार ¥यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण