कविता : यौवनकाल
-नम्रता भट्टराई
जीवनमा अनेकौँ आरोह अवरोह युक्त चरण
होइन त्यसै भएको परिवर्तन–
छ यसमा प्रकृतिको अचुक रहस्यमय कारण
सारा चराचर जगत नै छ चलायमान समयको शरण
यौवनकाल जस्तो लालित्य हुन्न केही मास
कसोगरी गरुँ यो अपार भवसागरको वर्णन ?
अनायासै बाल्यकालको सँघार छोडी दौडन्छ मनको तुफान
काउकुती लागेजस्तै शरीरमा, छाउँछ अनुहारमा मुस्कान
चञ्चल स्वभाव, स्थिर हुन मुस्किल एक छिन पनि आशन
सम्हाल्न नसके श्राप यो, बुझ्न सके महिमा भइदिन्छ वरदान
अदम्य साहस र जोस मिश्रित हुन्छ, यो फुर्तिलो समय
सानो भुलचुकले सक्छ ल्याउन जीवनमा भयङ्कर प्रलय
साथीसङ्गी साह्रै प्रिय, बुझ्न मुस्किल उपदेशको आशय
आफैँमा रङ्गीन यो संसार तर मिश्रित हरेक सोचमा संशय
जब लाग्छ जगतको सौन्दर्य एवं माधुर्यता आफूमा समाहित
बन्न चाहन्छ शरीर बिनाकारण कोही कसैप्रति अन्योन्याश्रित
हिम्मत एवं जाँगर हुन्छन् अनेकन बलिष्ठ रूपमा सिर्जित
हाँसिल गर्न चाहन्छ प्रेम, दुख्छ मन हुँदा कसैद्वारा आलोचित
अनेकन संवेग र चिन्तन हुने गर्छ मानसपटलमा मिश्रित
अघि बढ्न भविष्यमा अनौठा विषयबाट हुन सक्छन् प्रेरित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण