कविता
कोरोना कहर
शनिबार, ०६ वैशाख २०७७, १५ : २१
-राजेन्द्र पोखरेल
वनको बाघले भेट्नु पहिले
मनको बाघले खाला कि त?
रणभूमि छाड्दै सिपाहीहरु
गुफातिर जालान् कि त?
छाक टार्न परदेशिएकालाई
घरको ढोका खुल्ला कि त?
मातृभूमिको तिलक लाएर
बरु प्राण त्याग्लान् कि त?
गिद्धे दृष्टि लिएका मनहरु
कर्तव्यबाट चुक्छन् कि त?
धमिलो पानीका माझीहरु
भेलसँगै बग्लान् कि त?
घुम्ने मेचका अन्धा मान्छे
कोरोना कहर बुझ्लान् कि त?
भयबाट मुक्ति पाउने
दिन नजिक होला कि त?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण