बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रकाश र कुन्तीले सार्वजनिक गरे समीरको ‘द हर्ट बिट’

सोमबार, ०५ असार २०७४, १७ : ०५
सोमबार, ०५ असार २०७४

काठमाडौं – गायन समीर लिम्बू ‘द हर्ट बिट’ नामक एल्बम लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । समीरको उक्त सोलो एल्बमलाई राजधानीमा एक समारोबीच बरिष्ठ संगीतकार प्रकाश गुरुङ, राजु सिंह, बसन्त सापकोटा, गायिका कुन्ति मोक्तानलगायतले सार्वजनिक गरे । 


०६५ सालदेखि स्टेज र कभर सङ गाउँदा–गाउँदै गायनमा होमिएका समीरको ‘द हर्ट बिट’मा पछिल्लो समयका चर्चित संगीतकार राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बु, कमल खत्री, प्रमोद मोक्तान, कमल रसाइँली, कुसल राईजस्ताको संगीत रहेको छ । 


‘द हर्ट बिट’मा तिम्रो त्यो, मायामा, तिमीले त, धरान पुर्व, म त डुबे, वैशैमा र सोल्टिनी जस्ता गीत छन् । जसमा कमल रसाइली, प्रमोद मोक्तान, कमल खत्री, सुमोन गजमेर, बिआर मित्र, यासेली योङहाङ र गायक सयंमको शब्द रचना रहेको छ । 

– समीरको स्वरमा मिठास छ । उनले यस क्षेत्रमा केही गरेर देखाउन सक्छ संगीतकार प्रकाश गुरुङले भने ।
–संगीतकार राजु सिंह र गायिका कुन्ति मोक्तानले समीरको स्वरको प्रसंसा गरे ।


– पाँच वर्षयता निरन्तर संगीत साधना गर्दै आएको बताउदै गायक समीरले ‘द हर्ट बिट’ त्यसको प्रतिफल भएको बताए । उनले यो एल्बम आफ्नो सांगीतिक करिअरको ‘टर्निङ प्वाइन्ट’ हुने सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप