कपिलवस्तुमा नमाज पढ्दै गरेका १४ जना पक्राउ
बुटवल । कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
अहिलेको अवस्थामा जम्मा नहुन बारम्बारर आग्रह गर्दा पनि अटेर गरेपछि पक्राउ पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले जानकारी दिए । उनीहरु सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।
योसँगै प्रहरीले विभिन्न ठाउँका मस्जिदहरुमा निगरानी बढाएको छ । यसअधि कपिलवस्तुमा १ जना पाकिस्तानी नागरिक पनि फेला परेका र उनलाई क्वारेन्टाइनमा राखिएको राणाले जानकारी दिए । आज दाङमा पनि प्रहरी र जनप्रतिनधिहरुको टोली मस्जिदहरुमा पुगेर निगरानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण