इतिहासमा आज – पानीपतको लडाइँ र भारतमा मुगलको उदय
२१ अप्रिल १५५६ मा काबुलका शासक मोहम्मद बाबर र दिल्ली सुल्तानतका सम्राट इब्राहिम लोदीबीच पानीपतको पहिलो लडाइँ भयो । लोदीले हात्ती–घोडा र सैनिककै बलमा यो लडाँइ लडेका थिए भने बाबरले आधुनिक तोपको प्रयोग गरे । भारतीय उपमहाद्वीपमा गोली–बारुद प्रयोग गरिएको यसलाई पहिलो युद्ध पनि मानिन्छ । संख्यात्मक रुपमा कम भएपनि बाबरको सेना विजयी भयो । अन्नत लडाइँमा लोदी मारिए र बाबर विजयी भए । यसपछि भारतमा मुगल युग सुरु भयो ।
इस्ट इन्डिया कम्पनी आउनुअघिसम्म अर्थात् भन्डै ३ सय वर्ष भारतीय महाद्वीपमा मुगलहरु सबैभन्दा बलिया शासक थिए । बहादुर शाह जफर अन्तिम मुगल शासक मानिन्छन् । उनी नाममात्रैका राजा थिए किनकी यतिबेला मुगल शासन कागजमा मात्रै थियो । यी राजालाई नै नेता मानेर सन् १८५७ मा भारतमा ब्रिटिस ईस्ट इन्डिया कम्पनीविरुद्ध भारतमा सिपाही विद्रोह सुरु भयो, भारतमा स्वतन्त्रता माग्दै गरिएको यो पहिलो ठूलो विद्रोह थियो । यसपछि बहादुर शाहलाई ब्रिटिसहरुले बर्माको रङ्गुन लिएर गए, त्यहीं १८६२ मा उनको निधन भयो । ब्रिटिसहरुले नेपालको समेत सहयोग लिएर सिपाही विद्रोह दबाए । तर, छोटो समयका लागि दबिए पनि स्वतन्त्रताका लागि आन्दोलन भइनैरह्यो । अगस्ट १५, १९४७ मा भारत ब्रिटिस शासनबाट स्वतन्त्र भयो ।
– सन् १९२६, बेलायती महारानी एलिजावेज दोस्रोको जन्म ।
– सन् १९३८, पाकिस्तानको लाहोरमा चर्चित कवि मोहम्मद इकबालको निधन ।
– सन् १९६०, रियो दिन जेनरियोको साटो ब्रासिलियालाई ब्राजिलको राजधानी बनाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण