सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – पानीपतको लडाइँ र भारतमा मुगलको उदय

मङ्गलबार, ०९ वैशाख २०७७, ०८ : ५३
मङ्गलबार, ०९ वैशाख २०७७

२१ अप्रिल १५५६ मा काबुलका शासक मोहम्मद बाबर र दिल्ली सुल्तानतका सम्राट इब्राहिम लोदीबीच पानीपतको पहिलो लडाइँ भयो । लोदीले हात्ती–घोडा र सैनिककै बलमा यो लडाँइ लडेका थिए भने बाबरले आधुनिक तोपको प्रयोग गरे । भारतीय उपमहाद्वीपमा गोली–बारुद प्रयोग गरिएको यसलाई पहिलो युद्ध पनि मानिन्छ । संख्यात्मक रुपमा कम भएपनि बाबरको सेना विजयी भयो । अन्नत लडाइँमा लोदी मारिए र बाबर विजयी भए । यसपछि भारतमा मुगल युग सुरु भयो ।

इस्ट इन्डिया कम्पनी आउनुअघिसम्म अर्थात् भन्डै ३ सय वर्ष भारतीय महाद्वीपमा मुगलहरु सबैभन्दा बलिया शासक थिए । बहादुर शाह जफर अन्तिम मुगल शासक मानिन्छन्  । उनी नाममात्रैका राजा थिए किनकी यतिबेला मुगल शासन कागजमा मात्रै थियो । यी राजालाई नै नेता मानेर सन् १८५७ मा भारतमा ब्रिटिस ईस्ट इन्डिया कम्पनीविरुद्ध भारतमा सिपाही विद्रोह सुरु भयो, भारतमा स्वतन्त्रता माग्दै गरिएको यो पहिलो ठूलो विद्रोह थियो । यसपछि बहादुर शाहलाई ब्रिटिसहरुले बर्माको रङ्गुन लिएर गए, त्यहीं १८६२ मा उनको निधन भयो । ब्रिटिसहरुले नेपालको समेत सहयोग लिएर सिपाही विद्रोह दबाए । तर, छोटो समयका लागि दबिए पनि स्वतन्त्रताका लागि आन्दोलन भइनैरह्यो । अगस्ट १५, १९४७ मा भारत ब्रिटिस शासनबाट स्वतन्त्र भयो ।

– सन् १९२६, बेलायती महारानी एलिजावेज दोस्रोको जन्म ।

– सन् १९३८, पाकिस्तानको लाहोरमा चर्चित कवि मोहम्मद इकबालको निधन । 

– सन् १९६०, रियो दिन जेनरियोको साटो ब्रासिलियालाई ब्राजिलको राजधानी बनाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप