कुवेतमा थप पाँच नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ३६ पुग्यो
शुक्रबार, १२ वैशाख २०७७, १९ : ५४
कुवेत । खाडी मुलुक कुवेतमा थप पाँच नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीकोसंख्या ३६ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप २१५ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या २६ सय १५ पुगेको छ।
थप एकसय पन्द्र सहित ६ सय ९३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । संक्रमित एकहजार ९ सय ६८ को सामान्य उपचारभैरहेको त्यसमध्ये ६० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण