कुवेतमा थप पाँच नेपाली कोरोना संक्रमित, संक्रमितको संख्या ३६ पुग्यो
शुक्रबार, १२ वैशाख २०७७, १९ : ५४
कुवेत । खाडी मुलुक कुवेतमा थप पाँच नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीकोसंख्या ३६ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप २१५ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या २६ सय १५ पुगेको छ।
थप एकसय पन्द्र सहित ६ सय ९३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । संक्रमित एकहजार ९ सय ६८ को सामान्य उपचारभैरहेको त्यसमध्ये ६० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै
-
वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित
-
सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन
-
न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ