ओलीविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुने तयारी
काठमाडौं : नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्।
उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन्। त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, वेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। कृषिमन्त्रीसमेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए।
पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब कोटेश्वर भेलाले आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने निष्कर्ष निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण