साउदी अरबले कोर्राको सजाय पछि बच्चाको फाँसीमा पनि लगायो रोक
साउदी अरबमा अब बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिइने छैन । देशको मानवाधिकार आयोगले साउदी राजा सलमानलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा साउदी अरबले हस्ताक्षर गरेको छ । उक्त सम्मेलनका अनुसार बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्ड दिइनुहुन्नँ ।
मानवाधिकार कार्यकर्ताका अनुसार मानवाधिकार हननको मामलामा साउदी अरब संसारको सबैभन्दा खराब मुलुकमध्येको एक हो ।
यहाँ अभिव्यक्ति स्वतन्त्रतालाई नराम्रोसँग दबाइन्छ र सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गरिन्छ ।
मानवाधिकार समूह एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०१९ मा साउदी अरबमा १ सय ८४ जनालाई मृत्युदण्डको सजाय दिइयो । समूहका अनुसार तीमध्ये एक व्यक्ति यस्ता पनि थिए जो फाँसी दिने बेलासम्म वयस्क थिएनन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम
-
पार्टी रुपान्तरण जरुरी छ : कांग्रेस उपसभापति खड्का
-
सरकारले अब सबैखाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
-
रविलाई दिइएको ‘क्लिन चिट’ विवादमा, महान्यायाधिवक्तामाथि मुद्दा चल्ने खतरा !