त्राहिमाम जिन्दगी
-पुष्प मुनकःमि
यस्तो पनि समय आउन सक्ने रहेछ
आफैलाई आफैले बन्दी बनाएर बस्नुपर्ने
त्यसैमा आन्मसन्तुष्टि लिनुपर्ने
हिजो त बाहिर नआउन आदेश दिँदा पनि
विद्रोहको आवाज घन्काउँदै चुनौती समेत दिने गथ्र्यो
अब त आफैँलाई कैद गर्ने आदेश जारी नगरेर
छटपटाउँदै कहिले आदेश जारी गर्ला भन्दै
पत्यार लाग्ने गरी कुर्न पर्यो
सुरक्षित भइएला कि भन्ने आशमा
कोही अगाडि मात्र परे पनि
छोइएला कि भन्दै पर सर्नुपर्यो
यो समयमा मानिस मात्र होइन
आÏनै हातलाई समेत विश्वास गर्न नसकेर
साबुन दल्दै, माडदै पखाल्दै
आफूलाई जोगाउन विवश हुनुपर्यो
उता संसारलाई नै पिँजडामा कैद गर्न सक्छु भन्दै
उफ्रिरहने बलियाहरु पनि तर्सिरहेका छन्
यो त्राहिमामले उसलाई पनि अँगालो हाल्दा
उसले आफैले आफैलाई
नचाहेर पनि सिक्रीभित्र बस्न विवश भएँ
स्वतन्त्रता उसको पर्यायबाची भन्दै उफ्रिरहने फलामेहरु
मानिसहरु मुसा जस्तै यत्रतत्र लडिरहेको हेर्न परेर
जति प्रयास गरे पनि नसकेर
आँखाभरी आँसु पार्दै सबैका अगाडि
पुकार्दैछन् विवश भएर
चुनौती त के
कसैले उसलाई मात्र छोए पनि
आकाशमा एकैफेरा
चिल जस्तै फिजिएर
आपूm पनि मनपरी भित्र पस्दै
पागल जस्तै अग्नि नृत्य कला प्रस्तुत गर्नेे
विराट रूप देखाउने
जमिनमा मात्र होइन
पानीभित्र पनि पसेर
अजिङ्गर बनेर बाहिर आउने
आज यति साह्रो चुनौती भइरहँदा पनि
ट्वाल्ल हेरेर बस्न विवश छन्
आपैmले आपैmलाई भित्र बस्ने आदेश दिएर
कैदी भएर
सन्तोषका साथ सास फेरिरहेका छन्
यो समयमा संसारका विभिन्न सङ्घ संस्थाहरु
केही पनि गर्न नसकेर
बुख्याचा जस्तै ठिङ्ग उभिन विवश छन्
यो बेला लौरो टेक्दै आएका
बुढोले भनेको याद आइरहेछ मलाई
समयभन्दा बलबान अरू कोही हुँदैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण