कोरोनाले सुनसान लुम्बिनी, तस्बिरमा हेर्नुहोस्
बुटवल । अरुबेला स्वदेशी तथा विदेशी पर्यटकको सधैं भिडभाड हुने लुम्बिनी यतिबेला सुनसान छ ।
चैत ११ गते सरकारले कोरोना नियन्त्रणको लागि देशभर लकडाउन गरेसँगै लुम्बिनीको वातावरण पनि फेरिएको हो ।
लुम्बनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी अहिले शान्त मात्रै नभइ साँच्चै मुस्कुराएको बताए ।
अहिले लुम्बिनी पबित्र उद्यान क्षेत्रमा ढकमक्क फुल फुलेका छन् । हरियाली र सफा वातावरण पनि उस्तै छ ।
मायादेवी मन्दिर, पवित्र पुष्करनी कुण्ड, विश्व शान्तिद्वीप, केन्द्रीय नहर मात्र होइन, त्यहाँ रहेका विभिन्न बिहारहरु पनि पूर्ण रुपमा खाली छन् ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राई भन्छन्, ‘भित्र सामान्य पूजा हुन्छ । केही कर्मचारी र माली छन् । पर्यटन गतिविधिचाहिँ शुन्य छ । जसले गर्दा लुम्ब्निी साँच्चै शान्त बनेको छ ।’
मायादेवी मन्दिरको पश्चिमतर्फ पुष्करनी कुण्डको सिरानमा रहेको पिपल बोटमा बिहानदेखि साँझसम्म धूप बालिने गरिन्थ्यो । अहिले एक दुई जना भिद्धुहरु ध्यान बस्ने र धूप बाल्ने काम मात्र भएको छन् ।
लकडाउनको पूर्ण प्रभावमा रहेको लुम्बिनीमा हुने सम्पूर्ण आध्यात्मिक गतिविधि समेत अहिले शून्यप्राय रहेको कारणले लुम्बिनी मुस्कुराउने अवसर पाएको छ । लकडाउनकै कारण बुद्ध जयन्ती पनि स्थगित भएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण