कोरोना संक्रमित २ युवक मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए
बुटवल । प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ । बिहीबार कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएपछि प्रदेशमा थप त्रास बढेको हो । योसहित प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।
यसअघि बाँकेमा २३ जना र रुपन्देहीमा १ जना कोरोना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कपिलबस्तुमा २ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । ५ नम्बर प्रदेशका १२ जिल्लामध्य तराईका ३ जिल्लामा सक्रमित बिरामी भेटिएका छन् । बिहीबार कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका २ युवकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण भएको थियो । उनीहरु भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।
उनीहरुलाई स्थानीयवासीले समातेर क्वरेन्टाइनमा राखेका थिए । उनीहरु दुवैको पिसीआर रिपोर्ट कारोना पोजेटिभ देखिएको पौडेलले बताए । संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ भने उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहको पनि प्रजिअ पौडेलले जानकारी दिए। दुई संक्रमित भेटिएपछि शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिने प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
