कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
कपिलवस्तुमा सर्वसाधारणको सुुरक्षामा खटिएका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुुरक्षामा खटिएका नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले रातोपाटीलाई बताए ।
उनीहरुलाई उपचारका लागि बुटवलमा लग्ने कि कपिलबस्तुमै राख्ने भन्नेमा छलफल भइरहेको उनले बताए । उनका अनुसार तीनै जनाको अवस्था सामन्य रहेको छ भने अन्य संक्रमतिलाई पनि कहाँ उपचार गर्ने भन्नेबारे छलफल भइरहेको छ।
यसअघि कपिलबस्तुमा एक नर्समा पनि कोरोना संक्रमित भएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।
योसँगै कपिलबस्तुमा कोरोना संक्रमतिको संख्या ३९ पुगेको छ । यसैगरी प्रदेश नम्बर ५ मै रुपन्देहीमा २९, बाँकेमा २५ तथा बर्दिया र पश्चिम नवलपरासीमा १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्कर्मी तथा पत्रकारमा कोरोना पुष्टि हुन थालेको छ ।
मंगलबार भक्तपुरमा बस्दै आएका रामेछापमका एक सशस्त्र प्रहरीका जवानमा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वमन्त्री भीम रावलको सुरक्षामा खटिँदै आएका थिए ।
यस्तै वीरगन्जका दुई पत्रकारमा पनि कोरोना पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण