सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि बिश्वकै नम्वर १मा
काठमाडौं– सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर)मा नै कायम रहन सफल भएको छ ।
विगत लामो समयदेखि आफूलाई विश्वकै अत्यधिक विक्री हुने एन्ड्रोइड स्मार्ट फोनको रुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो वर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल भएको हो ।
यस अवघिमा रिडमी, साओमी लगायतका अन्य प्रतिस्पर्धी मोवाइलहरु सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोनको तुलनामा निकैपछि देखिएका छन् । सामसङ कम्पनिले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बडीको संख्इामा यो मोवाइल विक्री भएको जनाएको छ ।
एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्ट फोन बिश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रिडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ ।
सो अध्ययनअनुसार रिडमीको बजार हिस्सा १ दशमलव ९ प्रतिशत छ । तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौंथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रिमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण