इतिहासमा आज – भारतद्वारा पहिलोपटक आणविक बमको परीक्षण
१८ मे, १९७४ मा भारतले आफ्नो पहिलो परमाणु परीक्षण ग-यो । राजस्थानको पोखरन नगरपालिकास्थित मरुभूमीमा पहिलो बिस्फोट गराइएको थियो । यो बम अमेरिकाले जापानको हिरोसीमामा खसालेको आणविक बमजत्तिकै शक्तिशाली थियो ।
यससँगै भारत विश्वको छैटोँ आणविक शक्ति बन्यो । त्यसअघि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच सदस्य अमेरिका, सोभियत युनियन, बेलायत, चीन र फ्रान्स मात्रै आणविक शक्ति थिए ।
चीन र पाकिस्तानसँग युद्ध हुनसक्ने खतरालाई मध्यनजर गर्दै भारतले सन् १९७० को दशक सुरु भएदेखि नै आणविक बम बनाउन थालेको थियो । भारतले बुद्ध पूर्णिमाका अवसरमा यस्तो परीक्षण गरेको थियो र आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गर्दै आएको छ । भारतले कुनै पनि देशमाथि पहिलो परमाणु हमला नगर्ने नीति लिदै आएको बताउँछ । जसलाई उसले ‘नो फस्र्ट युज’ नाम दिएको छ । तर, उसले आत्मरक्षाका लागि परमाणु तयार गरिएको दाबी गर्दै आएको छ ।
भारतले दोस्रोपटक ११ मे, सन् १९९८ मा फेरि आणविक परीक्षण ग-यो । अनि, यसको २० दिनलगत्तै पाकिस्तानले पनि आणविक परीक्षण ग-यो । भारतको दोस्रो परमाणु परीक्षणपछि संसारका धेरै देशले उसको ‘नो फस्र्ट युज’ नीतिबारे प्रश्न गरेका थिए ।
विश्वमा अहिले ९ वटा देशसँग आणविक हतियार रहेको मानिन्छ । उत्तर कोरियाले निरन्तर आणविक परीक्षण गर्दै आएको छ भने आफुलाई आणविक शक्ति घोषणा नगरेपनि इजरायलसँग समेत आणविक क्षमता छ ।
महत्त्वपूर्ण घटनाक्रम
सन् २००९ – श्रीलंका सरकारद्वारा २५ वर्षदेखिको तमिल विद्रोहीहरुसँगको लडाईं समाप्त भएको घोषणा । सेनाले देशको उत्तरी हिस्सा कब्जा ग¥यो र लिट्टे प्रमुख वेलुपिल्लई प्रभाकरनलाई मा¥यो ।
सन् १९९४– गाजा पट्टी क्षेत्रबाट अन्तिम इजरायली सैनिक टुकुडी हटाएलगत्तै यस क्षेत्रमा प्यालेस्टाइनी स्वायत्तशासन पूर्ण रुपमा लागु ।
सन् २००४ – इजरायलको राफा शरणार्थी शिविरमा इजरायली सैनिकद्वारा १९ प्यालेस्टाइनीको हत्या ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण